नियम ६६क
आंशिक जाँचपास गर्ने
(१) पैठारीकर्ताले भन्सार गोदामा राखिएका एउटै बीजकमा उल्लेख भएका मालवस्तु एकै पटक जाँचपास नगराई आंशिक रुपमा जाँचपास गराई लैजान चाहेमा भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा भन्सार अधिकृतले त्यसरी आंशिक रुपमा जाँचपास गर्न नमिल्ने कुनै कारण भएमा बाहेक जाँचपास गराउन चाहेको मालसामानको परिमाणको महसुल लिई आंशिक रुपमा मालवस्तु जाँचपास गरिदिनु पर्नेछ ।
(३) एउटै बीजकमा उल्लेख गरी पैठारी हुन आएका मालवस्तु मध्ये कुनै मालवस्तु प्रयोगशालामा परीक्षण गर्दा पैठारी गर्न नपाउने देखिएमा त्यस्तो मालवस्तु बाहेक अन्य मालवस्तुको मात्र महसुल लिई भन्सार अधिकृतले जाँचपास गरिदिनु पर्नेछ ।